ट्रेन्डीङ्ग

बा वा सपूत

बा वा सपूत

सडक धान  रोप्ने हुँदासम्म पनि मर्मत नगर्ने उनिहरु उस्तै,
धान रोप्नेजस्तै भएको सडकमा धानै रोपिदिने उनिहरु पनि उस्तै,
सडमा धान रोपियो भनेर गर्भ गर्ने र तस्बिर सजाउनेहरु अझै उस्तै,
बाटो पानीले बिगार्यो नेताको के दोस?आकाश थाम्न जानू?
नेता हामिले बिगार्यौ,तर हामिलाई कसले बिगार्यो?हँ? ए?

पहिले म विरक्तिएर भोटर कार्ड छपाईन!
धेरै दुख भोगिरहेका परदेशिहरुले भोटै हाल्न पाएनन्!
नत्र रोप्थे होलान् सुख र समृद्धिको बिउ,चुनावी बाकसमा!
छिमेकिले खै किन उहीँ पहिलेको ढाडे बिरालोलाई फेरि कुडे कुर्न बसायो,
मोहि पारि घिउ निकाल्न सक्ने जवानको दहि निकाल्यो!

सबै बा’हरु छाडा हुदैनन्,कुनै कुनै लेन’मा पनि हिड्छन,
बा’को उपाधी हामिले दिईरनुपर्दैन,बा’हरु इतिहासले जन्माउँछ!
धेरै बोलेर बा हुईदैन,र्याल काडेर बा हुईदैन,
छोराछोरी तर्साएर र धम्क्यार बा हुईन्छ?
ए?

तिमिलाई बनाएका बा’ले तिम्रो राम्रो सोच्छन कि नराम्रो?
तिमिले बनाएका बा’ले तिम्रो राम्रो सोच्छन् कि नराम्रो?
तिमिले आफ्ना छोराछोरीको राम्रो सोच्छौ कि नराम्रो?
हँ? ए?
प्रलोभनमा परेर बनेको बाध्यकारी छोराछोरीको आशा बा’हरुले नगर्दा हुन्छ,
बा’हरु र सन्ततिहरुको यो भ्रमपुर्ण सम्बन्धमा दुबै पक्षभर नपर्दा हुन्छ!
कुनै पनि बेला घात हुनसक्छ,बिद्रोह हुनसक्छ!

यो पाली त मैले पनि भोटर कार्ड बनाएको छु,
यहाँ बा’लाई जन्माउन एक शुक्रकिटले भ्याउदैन,
लाखौं शुक्रकिटहरु एकसाथ मिलन हुनुपर्छ डिम्बहरुसङ्ग!
आऊ,
हामी सबै मिलेर एक सपूत जन्माऔं!
ए? सुन्यौ?
एक सपूत है!

✍️rudersantosh

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal