ट्रेन्डीङ्ग

वडा बाल सन्जाल सुनवल-६ द्वारा शैक्षिक तथा बाल क्लब ब्यबस्थापन सामाग्री वितरण

सुनवल।वडा बाल सन्जाल सुनवल-६ ले शैक्षिक सामग्री सहित क्लब व्यवस्थापनका सामाग्री वितरण गरेको छ।संजालले वडा भित्र रहेका ८ वटा बाल क्लबलाई शैक्षिक,खेलकुद तथा बाल क्लब ब्यबस्थापन सामाग्री वितरण गरेको हो।

वडा बाल सन्जाल सुनवल-६ को अध्यक्ष दिया ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा भित्रका क्लबलाई खेलकुद सामाग्री ब्याटभिन्टन र लुडो प्रत्येक क्लबलाई १/१ क्लब ब्यबस्थापन सामाग्री तर्फ स्टाम,झोला,ब्यानर,लेटर प्याड,१/१ गरि माईनेट २/२ गरि वितरण गरेको छ।

यसै गरि १५ बालबालिकाहरु लाई झोला १५ वटा,कपि १५ दर्जन,कलम १५ प्याकेट,पेन्सिल १५ प्याकेट र पेन्सिल बक्स १५ वटा शैक्षिक सामाग्री अति बिपन्न बालबालिका लाई वितरण गरेको हो।

वडा नम्बर ६ का वडा अध्यक्ष हिमलाल शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कार्यपालिका सदस्य,सीता तिमल्सिना,वडाका जनप्रतिनिधिहरु,वडा नम्बर ६ का सम्पुर्ण बालक्लबका सदस्यहरु, बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथी बोल्दै शर्माले बालबालिकामा श्रम शोषण,बाल बिबाह, कुलतमा फसेको,थाहा भएमा खबर गर्ने साथै यस्ता कार्यक्रमहरु गर्न वडा सङ्ग परामर्श गरि अगाडि बढ्न आग्रह गर्नु भएको थियो ।

कार्यक्रम सुनवल नपा-६ नम्बर को वडा कार्यलयको सभाहलमा भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal