ट्रेन्डीङ्ग

रवी लामिछानेले आज निर्वाचनबारे धारणा सार्वजनिक गर्दै

काठमाडौँ।पत्रकारीता छाडेका राजनीति यात्रा सुरु गरेका रवी लामिछानेले राजनीति र निर्वाचनबारे आफ्नो धारणा आज सार्वजनिक गर्दैछन्।

केही दिनअघि मात्रै लामिछाने ग्यालेक्सी टेलिभिजन छाडेर आफू राजनीतिमा होमिएको बताएका थिए।भावी रणनीति र चुनावकाबारे आज एक कार्यक्रमका बीच आफ्नो धारणा सार्वजनिक गर्ने लामिछानेले बताएका छन्।

आज राजधानीस्थित राष्ट्रिय सभा गृहमा लामिछानेको कार्यक्रम छ। उनका निकटस्थका अनुसार लामिछाने नयाँ पार्टी खोलेर राजनीति गर्दैछन्। उनले पार्टीबारे आजकै कार्यक्रममार्फत धारणा अघि सार्दैछन्। यसका साथै लामिछाने अन्य पार्टीसँग पनि समन्वयमा लागेका छन्।

कांग्रेस र एमालेबाट पनि आफ्नो पार्टीबाट चुनाव लड्न लामिछानेलाई आग्रह गरिरहेको वताइन्छ। पार्टी खोल्ने,पार्टी प्रवेश गर्ने वा स्वतन्त्र लड्ने एकीन धारणा बाहिर आएको छैन। यसबारे आजकै कार्यक्रममार्फत धारणा अघि सार्ने लामिछानेले बताएका छन्।

लामिछाने मुलुक निर्माणका लागि भन्दै राजनीतिमा प्रवेश गरेका हुन्। जनताका आकांक्षा अब संसद्‍मार्फत पूरा गर्ने लामिछानेको दावी छ। उनले काठमाडौँकै कुनै एक क्षेत्रबाट चुनाव लड्ने योजना बनाएको बताइन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal