ट्रेन्डीङ्ग

तेजस रेग्मी र रिना केसीको तालको पानि चर्चामा

बुटवल।गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहेका छन्। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन्छ।यतिबेला चर्चित गायक तथा गीतकार तेजस रेग्मीको लोकदोहोरी गीत ‘तालको पानि’सार्वजनिक भएको छ ।

तेजस रेग्मी नामक अफिसियल युटुब च्यानल मार्फत रिलिज गरिएको गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको हो ।

तेजस रेग्मी र गायिका रिना केसीको आबाजमा तयार पारिएको गीतमा गोविन्द पौडेलको शब्दलाई टपक्क टिपेर तेजस रेग्मीले नै गीतको संगीत भरेका छन् ।

एच बि एन किस्मतको संगीत संयोजन रहेको उक्त गीतको भिडियोमा लोमस शर्मा, तेजस रेग्मी र अस्मिता रनपालको दमदार नृत्य देख्न सकिन्छ।

 

कुमार केसीको निर्देशन रहेको भिडियोमा अजय रेग्मीले छायांकन गरेका छन् । जनता डिजिटल एण्ड फिल्मिसको ब्यानरमा तयार पारिएको भिडियोलाई अमृत चापागाईको सम्पादन रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal