टिभीएस एक्सचेञ्ज क्याम्प महेन्द्रनगरको स्मारकमा सुरु

English English Nepali Nepali

कञ्चनपुर।टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बि जगदम्बा मोटर्स प्रा लि र महेन्द्रनगरका लागि आधिकारिक बिक्रेता माहामाया ट्रेड एण्ड सप्लायर्सको संयुक्त आयोजनामा कञ्चनपुरको महेन्द्रनगर स्थानिय स्मारिकामा आईतबारदेखि सचालनमा आएको छ।

बजारको आवश्यकतालाई मध्यनजर गरेर लगाउन लागिएको टिभिएस ग्रान्ड एक्सचेञ्ज मेलामा प्रत्येक टिभिएस खरिद कर्ताले एक्सचेञ्ज गर्दा रु १०००० बजार मुल्यांकन भन्दा बढि भेल्यु एडिसन पाउन सक्ने छन भने नगद खरिदमा रु ९००० हजार सम्म नगद छुट पाउन सक्ने छन र शून्य(0%) ब्याजदरमा समेत फाईनान्सको ब्यबस्था रहेको छ।साथै हेलमेट,लेगगार्ड,बडि कभर तथा रेनकोट समेत अफरमा निशुल्क गरिएको कम्पनिका रिजनल अफिसर बिक्रम बोहराले जानकारी दिए।महेन्द्रनगर बजार बिस्तार संगै यस क्षेत्रका ग्राहक बर्गलाई समेत सहज होस भनेर महेन्द्र स्मारक बाटै संचालनमा ल्याईएको र यसबाट सम्पुर्ण क्षेत्रका ग्राहक बर्गले फाईदा लिन सक्ने महामायाका संचालक बिनोद भट्टले जानकारी दिए।उक्त ग्रान्ड एक्सचेञ्जमा एउटै ठाउँबाट फाईनान्स,ईन्स्यारेन्स,एक्सचेञ्ज सुबिधा सहज रुपमा हुने छ भने नया सवारि साधनको खरिद पनि मेला स्थल बाट गर्न सकिनेछ।

हाल टिभिएसले १४२९०० मूल्य पर्ने मोपेड देखि रेडियन ११०, स्ट्राइकर १२५, रेडर १२५, अपाचे १६०-२भि, अपाचे १६० ४-भि एस.डि, अपाचे १६० ४-भि आर डि, अपाचे १६०य ४-भि आर डि एबिएस,अपाचे २०० ४-भि एबिस एफ आई विथ राईड मोड एण्ड स्लिपर क्लच, २०० ४-भि एबिएस र ८ लाख रुपैयाँ पर्ने आर आर ३१० मोडेलका बाईकहरु नेपाली बजारका बिक्री बितरण गर्दै आएको छ भने स्कुटर तर्फ विगो ११० एफ आई विथ बिएस ६, जुपिटर ११०, एनटर्क १२५ ड्रम विथ स्मार्ट कनेक्ट,एनटर्क डिस्क विथ स्मार्ट कनेक्ट,एनटर्क रेस ईडिसन,एनटर्क स्क्वायर्ड तथा एनटर्क आरटि एफ आई बिएस ६ उपलब्ध रहेका छन।
साथै बहुप्रतिक्षित सुबिधा सम्पन्न अपाचे आरटिआर १६० ४-भि एफ आई विथ एबिएस, राईड मोड, स्मार्ट कनेक्ट र बिएस-६ प्रबिधिको नया बाईक समेत मेलामा राखिने भएको छ।

ग्रान्ड एक्सचेञ्ज मेला महेन्द्रनगरमा पहिलो पटक गर्न लागिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?