माघ ९ काठमाडौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोली (माघ १० गते) १ दिने नेपाल बन्द घोषणा गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य तथा बिदेश बिभाग प्रमुख धर्मेन्द्र बास्तोला (कञ्चन)लाई बिनासर्त रिहा गर्न मागसहित नेपाल बन्दको आब्हान गरिएको उक्त पार्टीले बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।
नेता कञ्चनसहित ३ जना नेकपा नेतालाई पौष २९ गते दिउँसो ३ बजे ललितपुरबाट गिरफ्तार गरिएको थियो । विवेक र बिशाललाई पनि गिरफ्तार गरिएको नेकपाले जनाएको छ ।
नेकपाले यसअघि, माघ ३ गते, बिरोध जुलुस, ५ गते बिरोध सभा, ७ गने बिरोध प्रदर्शन, ९ गते मशाल जुलुस र १० गते नेपाल बन्द गर्ने आन्दोलनको घोषणा गरिसकेको छ ।