ट्रेन्डीङ्ग

रुपन्देहीको भैरहवास्थित स्विमिङ्ग पुलमा डुबेर २७ वर्षिय सुमितको मृत्यु

भैरहवा । भैरहवामा एक होटलद्वारा सञ्चालित स्विमिङ्ग पुलमा डुबेर स्थानीय एक युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले दिएको जानकारीअनुसार होटल पौवाद्वारा सञ्चालित स्विमिङ पुलमा डुबेर ती युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा सिद्धार्थनगर नगर पालिका वडा नम्बर ६ बस्ने २७ वर्षिय सुमित तुलाधर रहेका छन्।

शुक्रबार साथीहरुसंगै पौडी खेल्न होटल पौवा पुगेका तुलाधर सवा ५ बजे तिर स्विमिङ्ग पुलमा डुबेका थिए । उनलाई उद्धार गरी अस्पताल लगिएपनि उपचारको क्रममा उनको मृत्यु भएको डिएसपी पौडेलले बताए ।पौवामा बालबालिका र वयस्कका लागि अलग-अलग स्विमिङ्ग पुल रहेको छ । यससंगै एउटा पोखरी पनि होटल परिसरमै रहेको छ ।
सिद्धार्थनगर नगर पालिकाको स्वामित्वमा रहेको होटल पौवा अवस्थित जग्गा शुभ ओम ईन्भेष्टमेन्ट कम्पनी प्रालीले लिजमा लिई बाल उद्यान सञ्चालन स्विकृति पाएको छ । बाल उद्यान गर्ने सञ्चालन गर्ने अनुमति पाएको कम्पनीले उक्त स्थानमा मदिरा सहितको होटल सञ्चालन गरि रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal