
दाङ।महिलामाथि हातपात गरेको आरोपमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली पक्राउ पर्नु भएको छ।एकराज बस्नेतको घरभित्रै पसेर उहाँकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा वली पक्राउ पर्नुभएको हो ।
आज बिहान दाङको तुलसीपुर उपमहानगरपालिका-५ बसपार्क लालुमण्डी पछाडि रहेको बस्नेतको घरमा पुगेर वलीले मिना भण्डारी बस्नेत र उहाँकी तीन वर्षीया छोरीमाथि कुटपिट गर्नुभएको थियो।
मन्त्री आफैँ अर्काको घरभित्र पसेर महिला र नाबालिग छोरीमाथि कुटपिट गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ।आरोपित राज्य मन्त्री वलीलाई भने इलाका प्रहरी कार्यालय तुलसीपुरले लगिएको छ।वलीका श्रीमान तत्कालीन प्रदेश सभा सदस्य उत्तरकुमार वलीको गाडी दुर्घटनामा परि ज्यान गएको थियो।उपचुनावमा नेकपा एमालेबाट निर्वाचित हुनुभएकी वली अहिले नेकपा माओवादी केन्द्रमा हुनुहुन्छ।
केही समय पहिले राज्य मन्त्री वली र मीनाका पति एकराज बस्नेतको बीचको प्रेम प्रसङ्ग बाहिरिएको थियो ।