ट्रेन्डीङ्ग

नेकपा(बहुमत) पाल्पाको विशेष बैठक सम्पन्न

पाल्पा।नेपाल कम्युनिस्ट पार्टी(बहुमत)बिशेष बैठक सम्पन्न भएको छ।जिल्ला सदरमुकाम तानसेनमा सम्पन्न बैठकले दिग्दर्शनकाे नेतृत्वमा ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ।उक्त समितिले प्रथम जिल्ला भेला गर्ने समेत निर्णय गरेको छ।

नेकपा(बहुमत)निकट महिला,युवा,पत्रकार,विद्यार्थी,किसान,मगर,कुमाल लगायतका माेर्चाहरुकाे जिल्ला भेला समेत गर्ने निर्णय गरेको छ।बैठकले शैक्षिक विकृति,स्वास्थ्य माफिया,वातावरणीय पर्यावरणकाे दाेहन,कृषक समस्या,मेडिकल माफिया,लघुवित्तकाे ठगि,मिटर ब्याजिहरुका बिरुद्धमा संघर्ष केन्द्रित गर्ने भएको छ।

साथै राष्ट्रिय,जनतन्त्रका बिषयमा संघर्ष गर्ने भएको छ।उक्त पार्टीले आफ्नाे पार्टीका तत्कालीन दिर्घकालिन रणनीतिक एवम् कार्यनीतिक सवालहरुमा जिल्ला भरि वालपेन्टिङ्ग समेत गर्ने भएको छ।बैठकमा प्रमुख अतिथि तथा रुपन्देही पाल्पा जिल्ला ईन्चार्ज प्रवेश र नवलपरासी ईन्चार्ज सितलकाे उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?