ट्रेन्डीङ्ग

आइसिसी लिग-२:नेपाल र अमेरिका बिचको खेल बराबर

काठमाडौं।अमेरिकामा जारी आईसीसी लिग २ अन्तर्गतको दोस्रो खेलमा नेपाल र अमेरिका बीचको खेल टाई भएको छ।
टस जितेर ब्याटिङमा उत्रिएको नेपालले सबै विकट गुमाएर ४९.२ ओभरमा २७४ रन बनायो। २७५ रनको लक्ष्य पन्छाएर ब्याटिङमा उत्रिएको घरेलु टोलि अमेरिकाले रोस्टी टेलरको शतकको मदतले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २७४ रन बनाएर म्याचलाई टाई गरायो ।

त्यस्तै मोनाक पटेलले पनि अमेरिकाका लागि ८५ रनको महत्त्वपूर्ण योगदान गरे । नेपालका लागि डेब्यु म्याच खेलेका आदिल अन्सारीले दमदार अलराउण्ड प्रदर्शन गरे । उनले २४ बलमा ३६ रन बनाए भने नेपालका लागि ९ ओभरमा ४५ रन खर्चेर तीन विकेट लिए ।

नेपालका लागि ओपनर आसिफ सेखले ६१,देव खनाल ५४ र रोहित पौडेलले ६२ रन बनाए । त्यस्तै ओपनर कुशल भुर्तेलले १९,सन्दीप लामिछाने १०,दीपेन्द्र ऐरी र आरिफ शेखले खेलको अन्तिम तिर खेल्ने अवसर पाए।तर सेट नहुदै रन बनाउनु पर्ने चापले गर्दा पिचमा टिक्न सकेनन्।नेपालले उत्कृष्ट शुरुआत गर्यो।

मध्यक्रमले पनि राम्रो प्रदर्शन गर्यो तर फिनिसिङमा रक्षात्मक हुँदा नेपालको पारी २७४ रनमै रोकियो । अमेरिकाका बलर रष्टी थेरनले ४, सौरब नेत्रल्भकार र अलि खानले समान २/२ विकेट लिए । नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले एक विकेट लिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?