
बर्दघाट। पश्चिम नवलपरासीमा गयराती भएको सवारी दुर्घटनामा परि फुलकुमारी थारुको निधन भएको प्रहरीले जनाएको छ ।
बर्दघाट न.पा.-१४ गंगा बस्ती स्थित भित्री सडक खण्डमा उत्तर बाट दक्षिण तर्फ आउदै गरेको लु ३३ प ५३७४ नं. को मोटरसाइकलले ठक्कर दिदा ५५ वर्षकी फुलमाया थारुलाई टाउकोमा चोट लागेको थियो ।
उपचारको लागी सामुदायिक अस्पताल चौपत्ता लगिएको र थप उपचारका लागि जेनस अस्पताल बुटवलको लागि रिफर भएको गरिएको थियो । गय राती करिब १० बजे थारु को मृत्युु भएको हो ।