ट्रेन्डीङ्ग

पल शाह कारागारमै रहने

काठमाडौ।नाबालिक बलात्कारको आराेपमा पुर्पक्षका लागि कारागार चलान भएका अभिनेता पुर्ण विक्रम शाह (पल)काे मुद्दाको थुनछेकमा उच्च अदालतले जिल्लाकै आदेशलाई सदर गरिदिएकाे छ।

उच्च अदालत पोखराले जिल्ला अदालतहरु तनहुँ र नवलपुरकाे आदेश माथिनै सदर गरेकाे हाे।न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले कारागारमै राख्ने जिल्ला अदालतकै आदेश सदर गरिदिएकाे छ।

शाहले आफूलाई थुनाबाहिरबाट मुद्दा लडन माग गर्दै जिल्ला अदालत तनहुँको आदेश विरुद्ध गत चैत १८ गते र नवलपुरको आदेश विरुद्ध गत वैशाख १३ गते उच्च अदालत पाेखरामा पुनरावेदन गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal