ट्रेन्डीङ्ग

पेट्रोल,डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर १० रुपैयाँ घट्यो

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोल,डिजेल र मट्टितेलको मूल्य घटाएको छ। प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो ।

घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने छ।अर्थले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई मूल्य समायाेजन गर्न भनेअनुरुप निगम संचालक समितिको बैठकले मूल्य घटाएको हो ।

अब पेट्रोलकाे मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ।डिजेल रमट्टितेलकाे मूल्य प्रतिलिटर १५३ रुपैयाँमा झरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?