ट्रेन्डीङ्ग

सुनवल नगरपालिका कार्यपालिका सदस्यहरुले सपथ लिए

सुनवल । सुनवल नगरपालिकाका नवनिर्वाचित कार्यपालिका सदस्यहरुले सपथ ग्रहण गरेका छ्न । नेकपा एमालेको स्पष्ट बहुमतका साथ सर्बसम्मतिमा ८ जना कार्यपालिका सदस्यलाई नगरप्रमुख बिमला अर्यालले सपथ ग्रहण गराउनु भएको हो ।

कार्यपालिका सदस्यमा मुकेश वेल्दार, माया कुम्हाल, बिनोद टोमटा खाती , सीता तिमिल्सिना, सीता भण्डारी, भुमिकला शर्मा, जुठिमाया पुन , र भगवती बस्याल निर्वाचित हुनुभएको छ । सपथ ग्रहण कार्यक्रममा नगर उपप्रमुख सुर्य प्रसाद दुबे , प्रमुख प्रशासकिय अधिकृत अशोक कोईराला वडा अध्यक्षहरु, विभिन्न संघ सस्थाका प्रमुख प्रतिनिधि लगायतको उपस्थिति रहेको थियोे ।

१३ वडा रहेको नगरपालिकामा यहि बैशाख ३० गते भएको स्थानीय तह निर्वाचन २०७९ मा एमालेको नगर प्रमुख , उपप्रमुख सहित ४७, काङ्ग्रेसको १८, माओवादी १ र राप्रपाको १ गरि ६७ जनप्रतिनिधिहरु निर्वाचित भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal