ट्रेन्डीङ्ग

७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ

अर्घाखाँची। अर्घाखाँचीको मालारानी गाउँपालिकास्थित ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।                                                                             मालारानी गाउँपालिका–७ बामरुकका ३५ वर्षीय कमल महतले ७ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
प्रहरीका अनुसार बालिकालाई फकाएर पसलमा मिठाइ किनिदिएर नजिकैको गोठमा लगी शुक्रबार बलात्कार गरेको बुझिएको छ । प्रहरी निरीक्षक शंकर खड्काका अनुसार आरोपित महतलाई अहिले नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?