
अनिता गजमेर,उदयपुर।नेपाल कम्युनिस्ट पार्टीको १३औं केन्द्रीय समिति बैठक उदयपुरमा सुरु भएको छ।बैठक जिल्लाको रौतामाई गाउँपालिकामा पार्टीका महासचिव विप्लवको अध्यक्षतामा सुरु भएको हो।
बैठकमा पार्टीका महासचिव विप्लवले १३औं पूर्ण बैठकको राजनीतिक प्रस्ताव र आगामी ९औं महाधिबेशनको राजनीतिक प्रस्ताव पेस गरेका छन् । बैठकमा ५८ जना केन्द्रीय सदस्यहरु र २ जना केन्द्रीय सल्लाहकार समितिका सदस्यहरुको उपस्थिती रहेको छ।
बैठकमा भोलीदेखि राजनीतिक प्रस्तावमाथि छलफल हुनेछ।केन्द्रीय समितिको बैंककमा उपस्थिति हुनु हुने महासचिव विप्लव,केन्द्रीय सचिवालय सदस्य प्रबक्ता प्रकाण्ड केन्द्रीय सचीवलय सदस्य सन्तोष लगायत सम्पूर्ण बैंठकमा सहभागी केन्द्रीय सदस्यहरुलाई उदयपुर जिल्ला पार्टीले स्वागत गरेको थियो।