
सुनवल।सुनवल सामुदायिक सिकाई केन्द्रको आयोजनामा सुनवल नगरपालिकामा स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।
सुनवल सिकाई केन्द्रका अध्यक्ष उमानाथ पोखरेलको अध्यक्षतामा सुनवल नगरपालिकाका नगर प्रमुख उप प्रमुख वडाअध्यक्ष र सदस्यहरुलाई एक कार्यक्रमका बिच बधाई तथा सुभकामना व्यक्त गरेको हो।सिकाई केन्द्र कुनै गैर सरकारी र क्लब नभइ नेपाल सरकारकै निकाय भएको बताउनु भयो।
सुनवललाई साक्षरता गराउन,बालमैत्री बनाउन,उधमशिलता लगायतका विभिन्न क्षेत्रमा काम गर्दै आएको अध्यक्ष पोखरेलले बताउनु भयो।
निबर्तमान जनप्रतिनिधिहरुले सिकाई केन्द्रको महत्व बुझ्न् नसकेको भन्दै नवनिर्वाचित जनप्रतिनिधिलाई सिकाई केन्द्रको महत्व बुझ्न् आग्रह गर्नु भयो।नबनिर्वाचित नगरप्रमुख बिमला अर्यालले सुनवल सिकाई केन्द्र सुनवलको गहना भएको भन्दै सिकाई केन्द्रले गरेका सबै काम प्रशन्सनिय रहेको बताउनु भयो।नगरपालिकाले आगामी दिनमा केन्द्रको बिकासको लागि आवश्यक बजेट बिनियोजन गर्ने बताउनु भयो।
बधाई तथा शुभकामना कार्यक्रममा साबिक सुनवल आदर्श गाबिसका अध्यक्ष थान प्रसाद गैरे,जिल्ला सहकारी सघ का अध्यक्ष बिष्णु पौडेल,महाकवि देबकोटा क्याम्पसका अध्यक्ष कृष्ण लामिछाने,सुनवल नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष तथा साबिक रामग्राम गाबिसका अध्यक्ष कृष्ण प्रसाद बगाले लगायतले शुभकामना मनत्ब्य राख्नुभएको थियोे।
केन्द्रका उपाध्यक्ष सन्जय श्रेष्ठको स्वागत मन्तब्य रहेको कार्यक्रम केन्द्रकि सचीव लिला पंगेनिको रहेको थियो ।