ट्रेन्डीङ्ग

डिजेल पेट्रोलमा १० रुपैयाँ बढ्दा,खाना पकाउने ग्यासको मूल्य १८ सय पुग्यो

काठमाडौ।नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ।निगमले पेट्रोल,डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाा बढेको छ ।अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ।

आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो।निगमका अनुसार बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal