ट्रेन्डीङ्ग

झापामा राप्रपालाई हराउदै एमाले कांग्रेस गठबन्धन विजयी

झापा। झापाको कचनकवल गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पराजित गरेको छ।

गठबन्धनबाट कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशी अध्यक्ष र एमालेका नवराज भट्टराईले उपाध्यक्षमा निर्वाचित भएका हुन् । राजवंशीले ११ हजार ४ सय ५७ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी राप्रपाका अन्जरा आलमले ६ हजार ६ सय ६७ मत प्राप्त गरे ।

आलम निर्वतमान गाउँपालिका अध्यक्ष हुन् । उपाध्यक्ष भट्टराईले ८ हजार १ सय ४३ मतसहित जित निकाल्दा उनका निकटतम प्रतिस्पर्धी राप्रपाका निमसरी राजवंशीले ६ हजार ८ सय २ मत प्राप्त गरिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal