ट्रेन्डीङ्ग

नेता कर्याकर्ताको रिहाईको माग , विप्लव नेकपाको नवलपरासीमा बिरोध सभा

माघ ३ परासी । आफ्ना नेता कर्याकर्ताको रिहाईको माग गर्दै आन्दोलनको घोषणा गरेको विप्लव नेतृत्वको नेकपाले आज पश्चिम् नवलपरासी जिल्लामा बिरोध सभा सम्पन्न गरेको छ ।

पार्टीका सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय बिभाग प्रमुख धर्मेन्द्र बास्तोलाको बिनासर्त तत्काल रिहाईको माग गर्दै ले आज पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकाको जदाहामा बिरोधसभा सम्पन्न गर्यो ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा नेता गुरुदेवले आफ्नो पार्टीका नेता बास्तोला लगायत अन्य नेताको तत्काल रिहाई नगरे आन्दोलनको आँधिबेहोरी सिर्जना गर्ने चेतावनी दिनु भयो ।

पार्टी संगठन निर्माणको अभियानमा जुटेका आफ्ना नेतालाई झुट्ठाआरोप लगाई थुनामा राखेको प्रति खेद प्रकट गर्दै उहाँले संघर्षबाट स्थापित नेकपा सँग पैठेजोरी नखेल्न राज्यको ध्यानाकर्षण गराउनुभयो ।

सरकारले कोरोनाको बेला जनताको स्वास्थ्यका लागि काम गर्नुको साटो सरकार जनता प्रती निरङ्कुस भनेको र पार्टी भित्रको झगडाले संसद विघटन गरि निर्वाचन गर्छु भन्दै कोरोना विरुद्ध लगाउने खोपका लागि चन्दा उठाउनु सरकारले नौटङ्गी गरेको आरोप लगाए ।

नेता कार्यकर्ता तत्काल रिहाइको माग गर्दै नेकपाले विभिन्न चरणका सर्घषका कार्यक्रम अन्तर्गत आज बिरोध सभा गरेको भने माघ ५ गते देश व्यापी बिरोध सभा ,७ गते बिरोध प्रदर्शन , ९ गते मशाल जुलुश सहित गरेर १० गते नेपाल बन्द गर्नेको आयोजना गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal