ट्रेन्डीङ्ग

एक दिने कृषी विमा सम्बन्धी जनचेतना तथा अन्तरक्रिया कार्यक्रम बर्दघाट १२ भटवलियामा सम्पन्न

बर्दघाट।नेको इन्स्युरेन्स कम्पनी लिमिटेड बर्दघाट उपशाखाको आयोजना तथा जहदा सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको सहकार्यमा शुक्रबार एक दिने कृषी विमा सम्बन्धी जनचेतना तथा अन्र्तकृया कार्यक्रम बर्दघाट १२ भटवलियामा सम्पन्न भएको छ।

नेको ईन्स्युरेन्सका सहायक महाप्रबन्धक एवं क्षेत्रिय प्रबन्धक रमेश बहादुर थापाको अध्यक्षता तथा एवं बर्दघाट नगरपालिकाका कार्यबाहक नगर प्रमुख माया देवी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेको इन्स्युरेन्सले गर्दै आएको कृषी विमा र पशु विमा सम्बन्धी सचेतनामुलक कार्य बारे जानकारी गराएको थियो भने सोही अवसरमा विमाका प्रकृया,भुक्तानी दावी लगाएतका बारेमा नेको ईन्स्युरेन्सका क्षेत्रिय प्रबन्धक रमेश बहादुर थापाले सहजिकरण गर्नुभएको थियो।सो अबसरमा कृषी सञ्जाल बर्दघाट नगरपालिकाका सदस्य धर्मागत पाण्डे, बर्दघाट नगरपालिका पशुपंक्षि तथा मत्स्य विकास शाखा प्रमुख भरत लम्साल,जहदा सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष सुरज केसी,वडा नम्बर १२ का कार्यवाहक वडाध्यक्ष गजेन्द्र बहादुर गिरी लगाएतले मन्तब्य राख्नुभएको थियो।

बर्दघाट १२ र १३ का कृषक तथा पशुपालनकर्ता, पुस्तकालयका पदाधिकारी,संघ सस्थाका प्रतिनिधि,जनप्रतिनिधि पत्रकार लागएतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन नेको ईन्स्युरेन्सका बर्दघाट उपशाखा प्रमुख मनोज कुमार क्षेत्रीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal