ट्रेन्डीङ्ग

जहदा सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रद्वारा संचालित ट्याग परियोजनाका विभिन्न कार्यक्रम सम्पन्न

बर्दघाट।जहदा सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र बर्दघाट १२ भटवलियाद्धारा सञ्चालित ट्याग परियोजनाको सरोकारवालाहरु संगको बैठक तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक विकासका लागी सामुदायिक पुस्तकालय भन्ने उदेश्यका साथ सचेत सभ्य र समृद्धि समाज निर्माणको अभियान,सुचना प्रविधियुक्त सामुदायिक पुस्तकालय हाम्रो पहिचान भन्ने मुल नारा सहित कार्यक्रम आज शुक्रबार सम्पन्न भएको हो ।कार्यक्रममा पुस्तकालयका अध्यक्ष सुरज केसीको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका कार्यबाहक नगर प्रमुख माया देवी पौडेलको प्रमुख आतिथ्यता एवं बर्दघाट १२ का कार्यवाहक वडाध्यक्ष गजेन्द्र बहादुर गिरिको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले समुदाय स्तरमा चेतना ल्याउने उदेश्यले गठित यस पुस्तकालयले विभिन्न परियोजना सुरुगरि ग्रामिण क्षेत्रको विकासका लागी टेवा पुर्याउदै समाजमा रहेका विसंगति,विकृति,लागु-औषध दुब्र्यसनि,महिला हिंसा लगायतका घटनाहरुलाई निरुत्सााहित गर्न ट्याग गर्लहरुको भुमिका महत्वपुर्ण रहेको बताउदै यस्ता कार्यका लागी हातेमालो गर्न स्थानिय सरकार प्रतिबद्ध रहेको बातउनुभयो।

सो अवसरमा परियोजना समयोजक लक्ष्मी धितांगले परियोजनाको प्रगति प्रतिबेदन प्रस्तुती गर्दै ३ बर्ष सम्म सञ्चालनमा रहेको ट्याग परियोजनाले ग्रामिण भेकमा रहेका ३ वटा विद्यालयका ५० बढी किशोरीहरुलाई आत्मनिर्भर बनाउदै प्रविधियुक्त समाज निर्माणका लागी काम गरिरहेको बताउनुभयो।

कार्यक्रममा ट्याग किशोरीहरुको तर्फबाट अन्जली शाही,प्रियन्का हरिजन लगाएतले आफ्नो अनुभव प्रस्तुत गर्नुभएको थियो भने परियोजनाकी मेन्टर योगमााय क्षेत्री,पत्रकार रामु भुसाल,नित्यानन्द मावीकाका प्र.अ.विश्वराज भट्टराइ,ट्याग परियोजनाका क्षेत्रिय समयोजक राजु चापागाई लगाएतले मन्तब्य राख्नुभएको थियो ।

सोही अवसरमा ट्याग परियोजनामा तालिम लिएका किशोरीहरुलाई प्रमाणपत्र वितरण गरिनुका साथै परियोजनालाई सहयोग र सहकार्य गर्ने संघ सस्था लगाएत विभिन्न समाजिक ब्यक्तित्वहरुलाई सम्मान पत्र सहित मायाको चिनो प्रदान गरिएको थियो।कार्यक्रममा ट्याग परियोजनाका किशोरीहरु,पुस्तकालयका पदाधिकारी,विभिन्न संघ सस्थाका पदाधिकारी,जनप्रतिनिधि,कर्मचारी लगायत पत्रकारको उपस्थिती रहेको थियो।पुस्तकालय ब्यवस्थापन समितिका उपाध्यक्ष जित बहादुर कवंरको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव गोपाल सिँह आलेले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal