ट्रेन्डीङ्ग

पत्रकार संगठनसँग आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

परासी।निर्वाचन आयोगले सत्तागठबन्धन सम्बद्ध पत्रकार संगठनहरूलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।शनिबार नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल,नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा,नेकपा एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठसहितले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गरेकाेप्रति आयोगकाे ध्यानआकृष्ट भएकाे हाे।

ती पत्रकार संगठनले आसन्न स्थानीय तहकाे निर्वाचनमा नेकपा एमालेलाई हराउँदै गठबनेधनमा रहेका दललाई विजयी गराउन आह्वानसहित संयुक्त वक्तव्य जारी गरेका थिए। यसबारे निर्वाचन आयोगले २४ घण्टे लिखित स्पष्टीकरण मागेको हो।

‘अमुक गठबन्धनका पक्षमा उभिने विषयले प्रेस स्वतन्त्रता कुण्ठित हुन्छ कि हुँदैन?पत्रकारिताको क्षेत्र र राजनीतक क्षेत्र भिन्न हो कि होइन ?,’भन्दै २४ घण्टाभित्र विज्ञप्ति हटाएर सोही समयभत्रि लिखित जवाफ पेस गर्न आयोगले स्पष्टीकरण साेधेकाे हाे। उनीहरूले एमालेले जितेमा मुलुक दुर्घटनामा पर्ने भन्दै गठबन्धनलाई जिताउन विज्ञप्ति जारी गरेकोमा पत्रकारहरूले नै आलोचना गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?