ट्रेन्डीङ्ग

घरदैलोमा मतदाताको आशीर्वाद लिदै भिमकाजी गुरुङ

बर्दघाट।बर्दघाट नगरपालिका वडा नम्बर १६ बाट नेपाली काङ्ग्रेस तर्फका वडाअध्यक्ष पदका उमेदवार भिमकाजी गुरुङ यतिबेला घरदैलो अभियानमा सक्रिय रुपमा लागेका छन।

२४ बर्षे प्रहरी सेवाबाट अवकास लिएका गुरुङ पछिल्लो समय देखि नै सामाजिक सेवामा सक्रिय भुमिका निर्वाह गर्दै आईरहेका छन ।प्रहरी सेवाबाट अवकास लिएको हुदा अनुशासन,पारदर्शीता र दुरदर्शितालाई आफुले सदैव आत्मसाथ गर्ने उनी बताउछन ।उनी बर्दघाट १६ मा रहेको नव युवाक्लबको अध्यक्ष समेत हुन।उनकै नेतृत्वमा सुर्यनगर रंगशालामा अलिले आधुनिक भब्य खेलमैदानको निर्माणका लागि पनि उनी सक्रिय रुपमा लागेका छन।स्थानिय स्तरबाट खेलाडी उत्पादन र सुर्यनगर गोल्डकप सन्चालन गरि सिङ्गो जिल्ला र बर्दघाट नगरपालिकालाई परिचित बनाउन उनी कम्मर कसेर लागेका छ्न।

नेपाली काङ्ग्रेसबाट वडाको टिकट पाएपछि उनि अहिले आफ्ना प्रतिबद्धतासहित प्रत्येक मतदाताको घरदैलोमा पुगेर मत मागेका छन।खरो तर स्पष्ट बक्ताको रुपमा उनलाई वडाबासिले बुझ्ने गरेका छन।यत्तिको जुझारु ब्यक्ती नेतृत्वका रुपमा आउदा समग्र वडाको बिकासले फड्को मार्नेमा आफू बिस्वस्त रहेको बताउछन बर्दघाट १६ का स्थानिय ध्रुब जमरकट्टेल।उनी भन्छन वडाको निम्ति केही गर्छु भन्ने प्रतिबद्धता सहित हिडेको ब्यक्तीलाई सहयोग गरौ योग्य पात्र छानौ ।

बर्दघाट नगरपालिका वडा नम्बर १६ मा सबै प्यानल नेपाली काङ्ग्रेसको रहेको छ।म रुख चिन्हबाट चुनाब लडे चुनाब पछि मेरो कुनै चिन्ह हुनेछैन आफ्नो चिन्ह भनेको बर्दघाट १६ का आम जनता भएको उमेदवार गुरुङ बताउछन ।उनी भन्छन एकपटक मौका दिनुस गर्न नसके राजनिती नै त्याग्छु स्वतन्त्र बस्छु।म प्रष्ट छु यहाको बिकास केहो जनताका अपेक्षा के हो त्यसैले एकपटक मत दिएर अवसर प्रदान गर्न उनको आग्रह छ। स्थानिय बृद्ध समाजसेवी युवराज भन्डारी भन्छन भिमकाजिलाई पार्टी भन्दा पनि मतदालाले योग्य ब्यक्ती भनेर बुझेका छन त्यसैले उनको पक्षमा जनलहर उत्रिएको छ।सबैको हौसला बढेको उनी बताउछन ।

बर्दघाट नगरपालिका वडा नम्बर १६ मा नेकपा एमालेका रामु भन्डारिलाई पराजित गरी नेपाली काङ्ग्रेसका उमेदवार सुक बहादुर गुरुङले ३३ मतले बिजय हासिल गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal