
पर्वत।कालीगण्डकी करिडोर पर्वत सडकखण्ड अन्तर्गत पर्वतको रानिपानी बराचौर सडक खण्ड कालोपत्र सुरु भएको छ।
पर्वतको बिहादी गाउँपालिका वडा नम्बर ३ रानिपानि कुमालगाउँ देखि बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौर खबरको भिर सम्मको कालोपत्रको काम सुचारु भएको हो ।
महालक्ष्मी-पाण्डे एन्ड कम्पनी जेभिले जिम्मा लिएको उक्त सडकको कालोपत्र काम आजबाट सुरु भएको हो।यो सडक कालोपत्र भएपछि स्थानीयलाई प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ।
कालोपत्र सुरुभएको रानिपानि कुमालगाउँ -बर्राचौर सडक खण्ड मध्यको ६ किलोमिटर सडक कालोपत्र हुनेछ । यस्तै यसै सडक खण्ड अन्तर्गत रानिपानिको कुमाल गाउँ देखि सेतिवेणी सम्मको सडकको काम पनि तिब्र गतिले भएको र असार सम्म कालोपत्र गर्ने तयारीमा रहेको उक्त सडक खण्डको जिम्मा लिएको जलजला कन्टक्सनले बताएको छ।
यता मिर्मी आधिमुहान देखि सेतिवेणी सेलबास खण्डमा पनि काम चलिरहेको छ।यो सडक चीनको केरला र भारतको सुनौली जोडिने सबैभन्दा छोटो दुरिको सडक हो।