ट्रेन्डीङ्ग

चितवनमा पुर्ण पौडेल खोजसभा कार्यक्रम सम्पन्न

चितवन।अखिल(क्रान्तिकारी)संयुक्त जिल्ला समिति चितवनको आयोजनमा जनयुद्धका बेपत्ता योद्धा तथा संगठनका तत्कालीन महासचिव पुर्ण पौडेलको खोजसभा कार्यक्रम सम्पन्न गरेको छ ।

खोजसभा कार्यक्रम भरतपुर स्थिति सप्तगण्डकी बहुमुखी क्याम्पसमा भएको थियोे ।नेकपाका केन्द्रिय सदस्य एवं चितवन जिल्ला इन्चार्जको प्रमुख आथित्यतामा भएको कार्यक्रमम्क्स अखिल(क्रान्तिकारी)केन्द्रिय सदस्य एवं चितवन जिल्ला इन्चार्ज विकल्पको अध्यक्षतामा गर्नु भएकोमा थियो।कार्यक्रममा नेकपा जिल्ला इन्चार्ज सन्देश पौडेल,विशेष समिति सदस्य रुद्र भट्टराई र अखिल(क्रान्तिकारी)का केन्द्रिय कार्यलय सदस्य अटल शर्माले मन्तव्य राखेका थिए।

नेकपा चितवन जिल्ला सचिव मिन प्रसाद सापकोटा नेकपा जिल्ला सदस्य सुदिप पौडेलको लगायत विधार्थी नेताकार्यकर्ताको उपस्थिति रहेको थियोे।अखिल(क्रान्तिकारी) का केन्द्रिय सदस्य केशव भट्टराईको स्वागत सगै सुरु भएको कार्यक्रमको संचालन अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य सुमन श्रेष्ठले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?