
परासी।पश्चिम नवलपरासीमा नेपाली कांग्रेसले सातै पालिकामा उम्मेदवारलाई अगाडि सारेको छ।सुनवल नपा र बर्दघाटमा गठबन्धन सहितको उम्मेदवारहरुको नाम घोषणा गरेको हो ।
सुनवल नगरपालिकामा अर्जुन कुमार पोखरेललाई अगाडि सारेको छ भने उपप्रमुखमा गठबन्धनलाई दिने भएको छलफल चल्दै गरेको जानकारी दिएका छन। त्यसै गरि माओवादीलाई उपप्रमुख दिदै प्रमुखमा शम्भुलाल श्रेष्ठलाई उठाउने भएको हो।माओवादीको तर्फबाट बर्दघाट उपप्रमुखमा रुद्रप्रकाश उपाध्याय उठ्ने भएका छन ।
सरावल गाउपालिकामा प्रमुखमा अनिल कुमार गौड र उपप्रमुखमा गत निर्वाचनमा निर्वाचिय उपप्रमुख उत्तम रायलाइ दोहोराएको छ ।
सुस्ता गाउपालिकामा प्रमुखमा टेकनारायण उपाध्याय लाई र उपप्रमुखमा गिता चौधरी,प्रतापपुरको प्रमुखमा उमेश यादव र उपप्रमुख मान कुमारी चौधरी,पाल्हिनदन्दमा राजेन्द्र सहानी,सकिना फतिमा खातुन त्यसै गरि रामग्राममा प्रमुख पुन:नरेन्द्र कुमार गुप्तालाइ नै दोहोराएको छ भने उपप्रमुखमा आधारना भट्टको उठाउने भएको हो नेपाली कांग्रेस श्रोतले बताएको छ।