ट्रेन्डीङ्ग

देवदह नगर नेकपा(एस)बाट प्रमुखमा छवि भट्टराई,उपप्रमुखमा सरस्वती पोखरेलको उम्मेदवारी

देवदह। नेकपा(एस)देवदह मेयरमा युवा नेता छवि भट्टराई र उपमेयरमा सरस्वती पोखरेललाई अगाडि सारेको छ ।

भट्टराई नेकपा(एकीकृत समाजवादी)पार्टी देवदह नगर सचिव,अनेरास्ववियू रुपन्देही जिल्ला कमिटी अध्यक्ष,लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष एवं अभिवक्ता समेत हुन।

नेकपा(एस))ले केहि दिन अगाडि वडा अध्यक्षको नाम टुङ्गाएको थियो।

भट्टराईले स्नातकोत्तर तहमा स्थानीय तहमा विद्युतिय शासन र देवदह नगरपालिकाको अध्ययन गरि शोधपत्र तयार गरेका छन।गठबन्धन र वाकी वडाको विषयमा छलफल चलिरहेको नेकपा(एस) निकट श्रोतले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?