ट्रेन्डीङ्ग

नेकपा(एस)देवदह नगरको कार्यलय उद्दघाटन,विभिन्न वडाका वडा अध्यक्षहरुको नाम घोषणा

देवदह।नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी )देवदह नगर  कमिटीेकाे पार्टी कार्यलय एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ।

उद्घाटन कार्यक्रममा नेकपा(एस)रूपन्देहीका जिल्ला अध्यक्ष राजु गुरुङको प्रमुख आथित्यतामा एवं बिशिस्ट अतिथि जिल्ला उपाध्यक्ष सिद्वीचरण भट्टराई,लुम्बिनी प्रदेश कमिटी सदस्य उमापति पाण्डेय लगायत नेताकार्यकर्ताको उपस्थितिमा रूपमा पार्टी कार्यलय उद्वघाटन गरिएको हो।नेकपा(एस)ले आसन्न स्थानीय तहको निर्वाचनमा देवदह नगरका ५ वडामा वडा अध्यक्षहरूकाे आज औपचारिक रूपमा जिल्ला अध्यक्ष राजु गुरूङले नाम घाेषणा गर्नुभएको छ।

वडा नं २ मा पिताम्बर खरेल,त्यसैगरि वडा नं ४ सिता पाेखरेल,वडा नं ५ डिल्लिराम सापकोटा,वडा नं ७ मा सरस्वति पाेखरेल, र वडा नं १० मा टिकाराम अधिकारिलाई सिफारिस गरिएको देवदह नगर सचिव छवि भट्टराईले जानकारी दिनु भयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?