ट्रेन्डीङ्ग

सिंगो गाउनै नेकपा समर्थक स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने निर्णय

सल्यान।सल्यानमा आगामी बैशाख ३० गतेको स्थानीय निर्वाचनमा सिंगो गाउका जनताले स्वतन्त्र उम्मेदवारलाई सहयोग तथा मतदान गर्ने भएका छन।

सल्यानको कुमाख गाउपालिकाको केन्द्र रागेचौर इछुखोलाकाको सिङ्गो गाउँ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको समर्थनमा स्वतन्त्र रुपमा उम्मेदवार हुने उम्मेदवारलाई सहयोग तथा मतदान गर्ने निर्णय गरेको हो।

बैशाख ३ गते कुमाख गाउपालिकाको केन्द्रमा जनभेलामा उपस्थित मतदाताहरुले यहि बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको समर्थनमा स्वतन्त्र रुपमा उम्मेदवार हुने उम्मेदवारलाई सहयोग तथा मतदान गर्ने निर्णय भएको नेकपाका केन्द्रीय सदस्य एवम सल्यान जिल्ला इन्चार्ज सबिन पोख्रेलले जानकारी दिएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal