
वालिङ।स्याङ्जाको वालिङ ७ मा भोटेखोरिया बाहुनधारा सिञ्चाई पक्की कुलो निर्माण गरिएको छ । वालिङ नगरपालिका र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कुलो निर्माण गरिएको हो ।
गत माघ १० गतेबाट उपभोक्ता समिति र स्थानीयको जनश्रमदानमा निर्माण शुरु गरिएको उक्त योजना गत बिहीबार निर्माण सम्पन्न भएको हो।
निर्माण सम्पन्न भएको कूलोको आईतबार नगर प्रमुख दिलीपप्रताप खाँणले अनुगमन तथा अवलोकन गर्नुहुँदै यहाँका किसानलाई उत्पादनसँग जोड्नकालागि निक्कै महत्वपूणर् भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।
उहाँले उपभोक्ता समिति र स्थानीयको जनश्रमदानबाट निक्कै राम्रो काम भएको छ अब यसको संरक्षण र मर्मतकालागि पनि नगरपालिकाले यसै समितिमार्फत काम अगाडि बढाउने बताउनुभयो।
वालिङ नगरपालिकाबाट रु. ३ लाख र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ७ लाख ५२ हजार गरी कूल १० लाख ५२ हजार रकम विनियोजन भई निर्माण सम्पन्न भएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रमुख पवन बस्यालले बताउनुभयो।
५५० मिटर नयाँ निर्माण गरिएको हो भने २०० मिटर पुरानोलाई मर्मत गरिएको उक्त कुलो कूल ७५० मिटर लम्बाईको छ ।
उक्त कुलो निर्माण सम्पन्न भई सञ्चालनमा आएसँगै २६ घरधुरीका नागरिकहरुले खेती गर्दै आएको जमिनमा सिञ्चाईको सहजता हुने समितिका अध्यक्ष टेकबहादुर सार्कीले बताउनुभयो ।