
अनिल थारु , कपिलवस्तु ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा जनता समाजवादी पार्टीले अन्य कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेकाे जनाएको छ । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा जसपाले एक्लै वडादेखि लिएर सबै अध्यक्ष, उपाध्यक्ष पदमा उम्मेदवारी दिइने जसपा विजयनगर अध्यक्ष सन्तराम तेलीले जानकारी दिनुभयाे ।
जनता सामजवादी पार्टी यस विजयनगरमा पार्टीका नेता, कार्याकर्ताहरुको विश्वास, मजबुती र जनताकाे लहरले विजय हुने सम्भावना अब्बल रहेकाे उहाँले बताउनुभयो । उहाँले अन्य दलका पार्टीसँग गठबन्धन नगरी एकलौटी रूपमा चुनावमा उम्मेदवारी दिइने र जसपाकाे विजय निश्चित भएकाे तेलीले दाबी गर्नुभयो ।