ट्रेन्डीङ्ग

स्थानीय तहको आवश्यकताका आधारमा गठबन्धन हुन्छ : वरिष्ठ नेता पौडेल

तनहु।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आवश्यकताका आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन हुने बताउनुभएको छ।

नेपाली कांग्रेस देवघाट गाउँ कार्यसमितिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वैशाख ३० गते हुने निर्वाचनमा स्थानीयस्तरको आवश्यकताका आधारमा गठबन्धन हुने जिकिर गर्नुभयो।

वरिष्ठ नेता पौडेलले निर्वाचनमा कांग्रेसका सबै उम्मेदवारले विजयी हासिल गर्नुपर्नेमा जोड दिँदै कांग्रेसबीच एकता र सहकार्य आवश्यक रहेको बताउनुभयो।

कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले देवघाटका सबै वडामा कांग्रेसका उम्मेदवारले जित्नुपर्ने बताउनुभयो।उहाँले भन्नुभयो, “सबै वडामा कांग्रेसले जित्नुपर्छ, टिकटमा दाबी सबैको हुन्छ, टिकट एउटाले पाएपछि सबै एकढिक्का हुनुपर्छ।”कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई,जिल्ला सभापति जितप्रकाश आले लगायतले सम्बोधन गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal