
इलाम,१९ चैत।नेपालमा चिया खेती,संस्कृति र चिया उद्योगको विकासको लागि चिनको कलेजले नेपाली चिया उद्योगीहरुलाई तालिम गराएको छ।
चिनको झंगझाओ कलेज अफ साइन्स एण्ड टेक्नोलोजी कलेजले , चिन सरकारको बाणिज्य मन्त्रालयको प्रायोजनमा अनलाईन मार्फत १९ दिने तालिम गराएको हो।तालिममा नेपालका विभिन्न जिल्लाका १७ चिया उद्यमी सहभागी भएका थिए।अनलाईन मार्फत तालिममा सहभागी उद्यमीलाई शनिबार‘टि मास्टर’को प्रमाणपत्र समेत प्रदान गरिएको छ।
सहभागिहरुले लिखित र प्राक्टिकल परीक्षा लाईभ भिडियो मार्फत दिएका थिए।चिया उद्यमीलाई चिया तालिमको लागि सहजिकरण गरेका सचिन सुब्बाको अध्यक्षता तथा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमाणपत्र वितरण कार्यक्रममा सहभागीहरुले चिनिया कलेजले दिएको तालिम चियाको विकासमा फलदायी हुने अपेक्षा गरे।
कार्यक्रममा सूर्योदय टि एशोसिएसनका गोपाल कट्टेल,चिया तथा कफि विकास बोर्डका प्रेम थिङ,इलाम सामुदायिक कृषि क्याम्पसका प्रमुख डा.योगेन्द्रमान श्रेष्ठ,इटालीबाट प्रोफेसर लिभियो जनेनी,इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत लगायतले शुभकामना मन्तब्य राखेका थिए भने,झंगझाओ कलेजका प्रोफेसर डिन चाई सिवेन र अध्यक्ष लि दियान्चुको भिडियो सन्देश स्कृनमा देखाइएको थियो । ९ देशका ५५ भन्दा बढी विदेशी अतिथिले जुम मार्फत कार्यक्रममा सहभागी जनाएका थिए । तालिम बिआरआई परियोजना अन्तर्गत भएको हो