
सुस्मन विश्वकर्मा,चैत १५,सुनवल।गाेकर्णेश्वर नगरपालिकाद्वारा आयोजित राष्ट्रिय हास्यव्यङ्ग्य विशेष कविता प्रतियोगितामा नवलपरासीबाट रेशम अधिकारीले प्रतिनिधित्व गर्ने भएका छन।
प्रतियोगितामा अधिकारीले`हामी र हाम्रोवाद´शीर्षकको कविता वाचन गर्नेछन।यहि आउदो चैत्र १८ गते काठमाडौं स्थित गाेकर्णेश्वर नगरपालिकाको आरुवारीमा उक्त प्रतियोगिता संचालन हुने जनाईएको छ।
प्रतियोगितामा अधिकारीसंगै अन्य २९ जनाको सहभागिता रहने नगरपालिकाका शिक्षा तथा युवा शाखाका उप-सचिव विजय प्रसाद आचार्यले जानकारी दिए।देशभरबाट पठाइएका कविताहरु मध्य उत्कृष्ट ३० मात्र प्रतियोगितामा समाबेश गराइएको आयोजकले जनाएको छ।
प्रतियाेगितामा प्रथम हुनेले रु ५० हजार,द्वितीय र तृतीय हुने प्रतियाेगीले क्रमशः३० हजार र २० हजार पुरस्कार पाउनेछन भने सान्त्वना हुने ३ जनाले भने प्रतिव्यक्ति १० हजार पाउनेछन् ।