ट्रेन्डीङ्ग

कपिलवस्तु महोत्सवमा चलिरहेको पिङ्ग भाँचिदा दुर्घटना

चैत १०,कपिलवस्तु।कपिलवस्तु महोत्सबमा दर्शक सवार डुंगा पिङ भाचिँदा दुर्घटनामा परेको छ। शुक्रवार साँझ साढे ६ बजेतिर डुंगा चल्दै गरेको अवस्थामा भाँचिएको हो ।

एक्कासी चल्दै गरेको अवस्थामा डुंगाको एक भाग फुस्किए पछि, करिव ५ मिनेट नियन्त्रण बाहिर हुँदै भुइमा झरेको पिङमा सवार बुद्धभूमि २ का दामोदर भट्टाराईले बताए ।

घटनामा परी घाइते हुनेको संख्या यकिन हुन सकेको छैन । घाइतेको उद्धार गरी स्थानीय अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।

घटना स्थलमा इलाका प्रहरी कार्यालय पिपराको टोली खटिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?