ट्रेन्डीङ्ग

धर्म परिवर्तन गर्ने ब्यक्तिले नै देशलाई बन्धक बनाए

पुष २६/२०७७

हिन्दु जागरण नेपाल स्याङ्जा शाखाले हिन्दु धर्म
संरक्षणमा उत्कृष्ट रुपमा कार्य गर्दै आएको स्याङ्जाले गल्याङ नगर कमिटी गठन ।नगर कमिटी गठनका क्रम जिल्ला उपाध्यक्ष भुसालले धर्म परिवर्तन गर्ने व्यक्तिले देशलाइ बन्धक बनाएको आरोप लगाए ।

हिन्दु जागरण नेपालका जिल्ला उपाध्यक्ष साथै हिन्दु जागरण नेपाल बिद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष गणेश भुसालले भन्नुभयो “धर्मान्तरण हुनुको मुख्यकारण वैदिक सनातन धर्मको सार जनमानसमा पुग्न नसक्नु मुख्य कुरा हो। धर्मान्तरण रोक्न विशेष गरेर सनातन धर्म नै प्रचार गर्नुपर्ने अवस्था अाइरहेको छ। हाम्रो यो महान विरासत मौलिक सभ्यता , मौलिक धर्म पछाडि पर्नुको मुख्य कारण नै वैदिक धर्मको सार मानवले नबुझ्नु हो भन्नुभयो।

एकातिर शिक्षण संस्थाले धर्मको ज्ञान न दिनु र अर्को तिर स्वध्यान गर्न हाम्रा धर्म ग्रन्थ अत्यन्तै धेरै हुनु नै मुख्य कारण रहेको र अब सरल रुपमा वुझ्ने र वुझाउने गरि प्रचार प्रसार गर्न सकियो भने आम जनमानसले मौलिक धर्मको महिमा वुझ्ने छ”।

भुसाल भन्नुहुन्छ” जस्ले आफुले पाएको पहिचान केही पैसाको लागि मेटाउन सक्छ अरु धर्ममा लागेर त्यो ब्याक्तिले पाउन मिल्ने बेला देशलाई जो सङ्टमा पार्छ”।

स्याङ्जाको गल्याङमा भएको नगर कमिटी गठन उपस्थित सम्पुर्णको निस्कर्स अब सनातन धर्म रक्षा गरेर नेपाललाई हिन्दु रास्ट्र घोषणामा मद्दत पुर्याउनु हो।

विभिन्न प्रलोभन दिएर धर्मलाई असर पार्ने कार्य हुनुहुदैन र रोकिनु पर्छ। भुसालले थप्नुभयो कि “हामी अरु कुनै धर्मको बिरुद्दमा छैनौ र हामी चाहान्छौ हाम्रो धर्ममा हुँदै नभएको नराम्रो कुरालाइ अन्य धर्मावलम्बीहरुले असर पार्ने नियतले कुनै नराम्रो कुराहरु नजोडाै “।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal