ट्रेन्डीङ्ग

प्रयास सहकारीको नि:शुल्क योग शिविर सम्पन्न

बुटवल ६ चैत ।प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले निशुल्क योग शिविर सम्पन्न गरेको छ।“योग गरौ निरोगी बनौ ”भन्ने मूल मन्त्रका साथ कार्यक्रम गरिएको आयोजकले बताएको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथितिको रुपमा रहनु भएको बुटवल उपमहानगरपालिका वार्ड नं. १२ का वार्ड अध्यक्ष दुर्गा प्रसाद सुबेदीद्वारा नगरबाट गर्नु पर्ने योग शिविर कार्यक्रम सहकारीले गरेकोमा खुशी व्यत्त गर्दै सहकारीलाई धन्यवाद दिनु भयो।

बुटवल उपमहानगरपालिका १२ मा रहेको उक्त सहकारीको शिक्षा उपसमितिद्वारा आयोजित निशुल्क योग शिविर सरस्वती माबिको प्राङ्गडमा सम्पन्न भएको हो।

अन्तर्राष्ट्रिय योग प्रशिक्षक ऋषि न्यौपानेको प्रशिक्षणमा तीन दिने निशुल्क योग शिविर चैत्र ३ गते देखि ५ गते सम्म आयोजना गरिएको संस्थाको शिक्षा उपसमितिका संयोजक तथा कार्यक्रम संयोजक तीर्थराज काफ्लेले बताउनु भयो।

समापन कार्यक्रममा बोल्दै“योग गरौ निरोगी बनौ”भन्ने मूल मन्त्रका साथ स्वास्थ्य नागरिक र सभ्य समाज निर्माणको उदेश्य राखी शिविर कार्यक्रम आयोजना गरिएको जानकारी गराउदै प्रत्येक शेयर सदस्यलाई हरेक दिन बिहानमा आधा देखि एक घन्टासम्म योग गर्नु पर्ने सुझाव दिदै शिविरमा निरन्तर उपस्थिति र उत्साहजनक सहभागिताले कार्यक्रम सफल र फलदायी भएको संस्थाका अध्यक्ष भीमबहादुर थापाले बताउनु भयो ।

संस्थाका निबर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार सूर्यबहादुर राना,सल्लाहकार गोविन्दप्रसाद पौडेल,शेयर सदस्य प्रेम काफ्लेले पनि कार्यक्रममा शुभकामना मन्तव्य दिनु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal