ट्रेन्डीङ्ग

होलिको रंग पखाल्न नदि पसेका किशोरको डुबेर मृत्यु

चैत ५, काठमाडौ । शरीरमा लागेको होलिको रंग पखाल्न नदीमा पसेका एक किशोरको डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा इलाम माइ नगरपालिका वडा नम्बर ८ का आयुष लिम्बु रहेका छन उनी झापाको कनकाई नदीमा शुक्रबार अपरान्ह ४ बजे नुहाउन पसेको प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले जानकारी दिए।

‘जिउमा लागेको रंग पखाल्न आयुस नदीमा नुहाउन पसेका थिए। अन्य साथी पनि नुहाउन नदीमा पसेका थिए। तर आयुस नदीमा डुबेर बेपत्ता भए। उनलाई केही क्षणमै मृत अवस्थामा भेटिएको थियो’, स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

उनी अन्य साथीसँग दिउँसो होली खेल्न गएका थिए।

घटनाको बारेमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal