ट्रेन्डीङ्ग

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

चैत २, काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।

निगमका अनुसार पेट्रोलको भाउ प्रतिलिटर ५ रुपैयाँले वृद्धि भएको छ भने डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १५५ रुपैयाँ पर्नेछ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पर्नेछ।

आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि भएको निगमले जनाएको छ। खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal