ट्रेन्डीङ्ग

विप्लव र प्रधानमन्त्री विच भेट्वार्ता,३ बुद्दे सहमति कार्यनयन गर्न अल्टिमेटम

फागुन २७,काठमाडौ ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र प्रधानमन्त्री शेरबाहादुर देउवा बिच भेटवार्ता ३ बुद्दे सहमति कार्यनयन गर्न माग गरेका छन ।

नेकपा महासचिव विप्लवले प्रधानमन्त्री देउवासँग पूर्ववर्ती सरकारसँग तीनबुँदे सहमति भएको एक वर्ष पुग्दा पनि जेलमा रहेका नेकपाका नेता-कार्यकर्ताको रिहाइ र झूट्टा मुद्दा खारेज गर्ने प्रक्रिया अघि नबढेको र छिटो कार्यनयन गर्न अल्टिमेटम दिएका दिएका छन ।

विप्लवले छलफल क्रममा भने आवश्यक राजनीतिक वातावरण नबनेकाले तत्काल राजनीतिक बन्दीलाई रिहा गरी पार्टीका सम्पूर्ण नेता-कार्यकर्तमाथि लगाइएका झूट्टा मुद्दा खारेज गर्नुपर्ने स्मरण गराएका थिए।

महासचिव विप्लवले निकट भविष्यमै बस्ने पार्टी केन्द्रीय समितिको बैठकअघि नै सहमति कार्यान्वयन गरिसक्न पनि प्रधानमन्त्री देउवालाई समयसीमा दिएको जानकारी स्रोतले दिएको छ ।

महासचिव विप्लवले प्रधानमन्त्रीलाई भनेका थिए,‘सरकारले पार्टीसँग राख्नुपर्ने कुनै विषय छन् भने छलफलका हामी तत्पर छौँ तर राज्य आफ्नो दायित्वबाट पन्छिन मिल्दैन।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठकअघि नै हाम्रो पार्टीका नेता-कार्यकर्ता रिहा हुनुपर्छ र झूट्टा मुद्दा खारेज हुनुपर्छ ।’

सरकारका तर्फबाट प्रधानमन्त्री देउवाले पूर्ववर्ती सरकार र नेकपाबीच भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा अब तुरुन्तै निर्णय गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

छलफलका क्रममा नेकपाका तर्फबाट महासचिव विप्लवका साथै प्रवक्ता प्रकाण्ड सहभागी थिए भने सरकारका तर्फबाट प्रधानमन्त्री देउवा,गृहमन्त्री बालकृष्ण खाँड,कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू र गृहसचिव टेकनारायण पाण्डेको सहभागिता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal