
कविता “मैले देखेको छु”
मैले मेरो समाजमा नैतिकता पन्छायर हिडेका,
अनैतिकताको संसार आधारमा बसेका
अर्काको भाग खोसी आफ्नो भुडी भर्नेहरु
मैले देखेको छु।अर्काको पसिना मीठोमानी रमाई रमाई नाच्नेहरु,
एक गाँससम्म पनि खाना नपाउने भोगिहरु
एक रातसम्म पनि सुत्न नपाउने जोगिहरु
आज झुपडी भोलि जंगल पस्नेहरु
मैले देखेको छु।
हातमा लाठी टेकि टेकि खुट्टो घिसारी हिड्नेहरु,
अर्काको घर लुटि लुटि आफू बस्ने स्वार्थीहरु
अर्काको जग्गामा आफ्नो नाम दर्ता गरि लिनेहरु
दया मायाको शब्द सुन्दा दुई कोष पर भाग्नेहरु
मैले देखेको छु।
लामखुट्टे बन्न रुचाउने मानव रुपि दानबहरु,
नदि पोखरीमा घर बनाउन जान्नेहरु
आज त यसै उसै भोलि त के गरौ भन्नेहरु
हिलोलाई क्रीम र धुलोलाई पाउडर सम्झनेहरु
२००७ सालको क्रान्ति खोज्दै फल्टिको खोजिमा हिड्नेहरु,
धेरैलाई मैले जेलमा देखेको छु।
मान बहादुर दनुवार