ट्रेन्डीङ्ग

साच्चै नारी तिमी महान छौ

तिम्री देवि हौ,तिमी शृष्टिकर्ता हौ,तिम्रो त्यो, कोख मेरा लागी मन्दिर हो अनि तिमी मेरा लागी भगवान हौ जसले तिमीलाई इज्जत दिन सक्दैन उसलाई तिम्रो बेइज्जत गर्ने पनि कुनै अधिकार छैन तिमी त तिमी हउ साच्चै नारी तिमी महान छौ।

तिमी दया र मायाकि खानी हौ सौन्दर्यकि रानि अनि सहनशीलताकि पर्तीमुर्ति हौ।तिम्रो बोलि अनि व्यवहारको त के कुरा गरु म शब्दहरुका भालाले मुटु छिया छिया पारिदिए पनि पिरा पिर मुस्कान उघेल्न सक्छौ साच्चै नारि तिमी महान छौ।

आफ्ना हरेक खुसीलाई बन्दकी राखी अरुको खुसीका लागी भए पनि मुसुक्क मुस्कुराउँछौ, तिम्रो त्यो मुस्कानले हरेक पिडालाई भुलाउँछ अनि सङ्घर्षको बाटोमा डोर्‍याउछ। साच्चै नारी तिमी महाना छौ।

मनका रोदन,पिडा लुकाएर आफ्ना इच्छा आकाङ्क्षा,भावना व्यक्त नगरी परिवारको खुशीका लागि हरपल परिश्रम गर्छौ सन्तानको सुनौलो भविष्यको सपना देख्छौ साच्चै नारी तिमी महान छौ।

तिमी थोरै रुखो बोल,अलि कति चर्को स्वर लगाउ,आफूले इच्छाइएको लुगा लगाउ,कतै घुम्न जाउ, काम गर्दै गर्दा थोरै बिगार गर,कति हेपाइ खान्छौ अनि कति वचन पाउछौ तैपनि चुपचाप सहेर बसिदिन्छौ साच्चै नारी तिमी महान छौ।

मेलापात कुटोकोदालो,चुलो चौकोमा मात्र सिमित रहन सिकाउने हाम्रो पुर्खाको सोचालाई छिचोल्दै घर,परिवार,समाज र राष्ट्र हाक्न सक्ने सामर्थ्य राख्दै अगाडि बढ्छौ साच्चै नारी तिमी महान छौ।

तिमी हरेक क्षेत्रमा अघि बढ्न सक्छौ राष्ट्र निर्माणका लागी एक इट्टा थप्न सक्छौ पोथी बासेको राम्रो हुँदैन भन्दै तिम्रो बोली व्यवहार र सहभागीता माथी चोर औला उठाउने त्यी मानिसलाई लज्जित बनाउन सक्छौ साच्चै नारी तिमी महान छौ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal