ट्रेन्डीङ्ग

भक्तपुरमा अर्धनग्न अवस्थामा शब फेला

फागुन २४, काठमाडौ ।
भक्तपुरमा एक महिलाको शब फेला परेको छ।

जिल्लाको चागुँनारायण नगरपालिकाको बागरेमा परालले छोपेको अर्धनग्न अबस्थामा महिलाको शव फेला परेको भक्तपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार महिलाको घाँटी र अन्य भागमा गम्भीर चोट लागेको छ। हत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।
प्रहरीका अनुसार पोष्टमार्टमका लागि शव दुवाकोटस्थित केएमसी अस्पतालमा लगिएको छ।
शवको सनाखत हुन नसकेको प्रहरीले बताएको छ। स्थानीयले गएराती प्रहरीलाई खबर गरेका थिए। प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal