ट्रेन्डीङ्ग

बाकेमा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षार्थ,राज्यको दलाली, राष्ट्रघाती जनघाती गतिविधिको विरोध कार्यक्रम गर्ने

२० पुस, बाँके । प्रेस सेन्टर नेपाल बाँकेको आयोजनामा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षार्थ, राज्यको दलाली, राष्ट्रघाती जनघाती गतिविधिको वृहत विरोध कार्यक्रम’हुने भएको छ ।

प्रेस सेन्टर नेपाल् बाँकेले सोमबार पत्रकार सम्मेलन मार्फत बिरोध कार्यक्रमको बारे जानकारी गराएको छ । उक्त बिरोध कार्यक्रममा सम्पूर्ण देशभक्त पत्रकार, सञ्चारकर्मि लेखक, बुद्दिजीवी, पेशाकर्मिहरु र आम नागरिकको समस्या तथा दलाल प्रतिक्रियावादी राज्यसत्ताँको विकल्पबारे सञ्चारकर्मि र सचेत नागरिकहरुको संयुक्त कार्यक्रमको जानकारी गराउदै सम्पूर्णलाई सहभागी हुनका लागी प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष अजय पाठकले आग्रह गरेका छन ।

त्यस्तै प्रेस सेन्टर नेपालका अध्यक्ष लोक राज जैसीले सम्मेलनमा बोल्दै, “संगठनले गर्दै आएको गतिविधिहरु बारे बृहत जानकारी गराउदै महान तथा गौरवशाली संगठन प्रेस सेन्टर नेपाल सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्नुभएको हो ।” उहाँले भन्नू भयो, “कलमजीवीको समस्या, श्रमजीवीको समस्या राज्यसत्ताँको संरक्षणमा भैरहेका भ्रष्टाचार, अनियमितता, अपराध र सबैखाले विकृति विसंगतिहरु विरुद्ध संगठित आवाज उठाउनका लागी एक बिरोध कार्यक्रम मार्फत सरकारलाई खबरदारी समेत गर्नेछाै । राष्ट्र, राष्ट्रियता र जनताभन्दा माथि कुनै पेशा, व्यवसाय हुन सक्दैन, शासकवर्गले गरेको दलाली, राष्ट्रघाती जनघाती गतिविधिहरु हामी टुलुटुलु हेरेर कदापि बस्न सक्दैनौं, तसर्थ त्यसका विरुद्ध एक पटक सचेतन आवाज बुलन्द गरौं । हामी सचेत नागरिकहरु नै बोल्नु पर्छ, डट्नुपर्छ र जुट्नुपर्छ भन्ने हाम्रो धारण छ ।”

उक्त सम्मेलनमा सहभागिताका लागि यहि पुष २१ गते बिहान ११:०० बजे नेपालगञ्जको वागेश्वरी मन्दिर अगाडीको चौरमा जम्मा हुने अध्यक्ष पाठकले बताए ।त्रिभुवन चोकहुँदै कार्यक्रम स्थलमा र्‍याली सहित अघि बढने छ । कार्यक्रमको स्थान बाँकेको मुख्य बजार त्रिभुवन चिकमा कोणसभा गर्ने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?