ट्रेन्डीङ्ग

पार्टीले निकाल्यो तर जनताले निकालेन्न: खनाल

बर्दघाट।संविधानसभा सदस्य एवं नेपाली काङ्ग्रेस पार्टीबाट निष्काशित लुम्बिनी प्रदेशका महामन्त्री हुन बिक्रम खनाल ।१३ बर्षको उमेरमा नेविसंघ बाट काङ्ग्रेसको राजनीति सुरु गरेका खनाललाई पार्टीले निर्वाचन भएको तीन बर्ष पछि आफ्नै उमेदवार हराउन भुमिका खेलेको आरोपमा उनी एक बर्षका लागि निष्कासित छन् ।




जिल्लामा दुई गुट प्रष्ट देखिन्छ।उनी कारबाहीमा परेपछि अर्को गुट खुसी देखिएपनि आम कार्यकर्ता ,नागरिक ,समर्थक र शुभेच्छुक हरुको उनीप्रति सहानुभूति नघटेको बरु थप बलियो भएको खनालको ठम्याई छ ।”सबैका विरोधी हुन्छन् हामी त राजनीति गर्ने मान्छे नहुने कुरै भएन तर मेरो योगदान  समर्पण र काम गर्ने शैली बुझ्नेहरू मेरो पक्षमा छन् भन्ने छ किनकि म दुखमा हिजो देखिनै उनिहरुको पक्षमा छु”खनालले भने।





पार्टी बोधिले चल्नु पर्ने तर्क गर्दै उनले निहित स्वार्थ समूहले आफुलाई सिध्याउन लागेपनि आम कार्यकर्ताले आफ्नो परिस्थिति बुझेको उनी बताउँछन् ।राजनीति,नेतृत्व र दलहरु प्र तीनै  पछिल्लो समय असन्तुष्टि बढेको सन्दर्भमा काङ्ग्रेसले सबैलाई समेटेर नयाँ आशा जगाउन सक्नु पर्ने र निर्णायक कुरामा संगठन साझा हुनुपर्ने उनको धारणा छ ।”तराजु लिएर तौलिन बसेको ब्यक्तिले काँटा बराबर गर्नु पर्दछ किनकी तराजुको मुल काम नै बराबर बनाउनु हो सन्तुलित बनाउनु हो,सायद तराजु सन्तुलित भएन कि भन्ने चिन्ता हो”खनालले भने ।





उनले थपे -मलाई कारबाही भएकोमा केहीलाई गदगद भयो होला तर मेरो कारबाहीले काङ्ग्रेस प्रति कति आकर्षण बढ्यो,अब जिल्लामा के काङ्ग्रेस सुधारियो त,एकढिक्का भयो त,एकपटक पार्टीमै समर्पित कार्यकर्ताहरुको माझमा गएर यो प्रश्न गर्नुस”खनालको भनाई छ ।मैले पार्टीमा कति योगदान गरे,कति कार्यकर्ताहरुलाई नेतृत्व तहमा पुर्याए सङ्गठन बढाउन मजबुद बनाउन मेरो योगदान आज सम्म के रह्यो यो मुल्यांकन नभै केही असन्तुष्टिमा बोलेको ५ मिनेटको कुरासँग मैले पार्टीका निम्ति आजिवन गरेको त्याग कसरी तुलना हुन्छ?खनालको प्रश्न छ ।




कार्यक्रमहरुमा  शुभेच्छुक र कार्यकर्ताहरुले प्रेमका साथ बोलाउँदा सहभागी हुने गरेको खनाल बताउछ्न।”यहि माटोमा हुर्किएको हु,अहिले पनि निरन्तर जनताको सेवामै छु मान्छेहरू गुनासो पीडा लिएर आउँछन नाई हुदैन सक्दिन भन्नू भएन,यो म प्रतिको विश्वास हो,मैले सक्ने गर्नु मेरो दायित्व हो,मर्दा पर्दा अहिले पनि गएकै छु भेटकै छु,म सामाजिक प्राणी पनि हु नि,पार्टीले निकाल्यो त्यो एक बर्ष न हो तर जनताले त मलाई निकालेका होइनन त्यसैले म सधै साथमै छु” खनालले भने ।





पार्टीले निष्काशन गरेपनि नेता खनाल कार्यकर्ताहरुले आयोजना गर्ने प्राय कार्यक्रममा उपस्थित हुने गरेका छन ।कारबाही फुकुवा हुनुपर्ने माग सहित खनालले पार्टीको अनुशासन समितीमा पुनरावेदन गरेका छ्न ।शेखर टिमका नेता खनाल समूहकै केही नेताहरु भने दुबै गुटमा शक्ति सन्तुलन मिलाईरहेको आरोप समेत लाग्ने गरेको छ ।”जता पल्ला भारी उहाँहरु उतै लाग्न सक्नुहुन्छ,सबैलाई पद,प्रतिष्ठा र शक्ति चाहिएको छ,बिक्रम जी ले मान्छे चिन्ने बेला पनि हो यो”बर्दघाटका एक स्थानीय नेताले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?