ट्रेन्डीङ्ग

देवदहमा माघ ३ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

देवदह।आगामी माघ ३ देखि ५ गतेसम्म रुपन्देहीको देवदहमा हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफल बनाउन आयोजक र मिडियाकर्मी बिच अन्तरक्रिया गरिएको छ।

केरवानी माध्यमिक विद्यालयमा मिडियाकर्मीसङ्ग शुक्रवार मिडियाको तर्फबाट गरिने प्रचारप्रसार तथा प्रतियोगिता सम्पन्न गर्न सञ्चार संस्थाको भूमिकाको विषयमा छलफल गरिएको हो।

अन्तरक्रियामा केरवानी माविका प्रधानाध्यापक निर्मल ढुंगानाले प्रतियोगितालाई विवाद रहित र व्यवस्थित रुपमा सम्पन्न गर्न आवश्यक तयारी गरिएको बताए।पर्याप्त स्रोत र पूर्वाधार अभावका बाबजुद नगरबाद बिनियोजित रकमबाटै खेल सम्पन्न गर्नेगरि विद्यालयले तयारी गरेको र सोहि अनुसारको खेलमैदान मर्मतको काम भैरहेको प्रधानाध्यापक ढुंगानाले बताए।

केरवानी माविको संयोजनमा हुने प्रतियोगिताको लागि नगरपालिकाले ९ लाख रुपैंया बजेट बिनियोजन गरेकोे छ।राष्ट्रपती रनिङ शिल्डको उद्घाटन विद्यालय प्राङ्गणमा हुने र पानबारी खेलमैदानमा बाँकी खेलहरु हुनेछन।

कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले खेल सम्पन्न गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए । खेल अवधिभर खेलाडीहरुको सामूहिक बीमाको व्यवस्था गरिने समेत उनले जानकारी दिए।

कार्यक्रममा रेडियो देवदहका समाचार प्रमुख गोविन्द घर्ती, देवदह साप्ताहिकका तिलोचन दाहाल, देवदह प्रेस क्लबका सचिव निर्मल थापा, बुद्द टेलिभिजनका केशब पराजुली, सेतोमसी मिडियाका रेशम अधिकारी र सिम्रीक आवाजका सुरज भट्टराई लगायले बोल्दै रनिङ शिल्ड सफल बनाउन मिडियाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष विरेन्द्र पाण्डेको अध्यक्षता र सहायक प्रधानाध्यापक खेमानन्द ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?