ट्रेन्डीङ्ग

सुनवलमा रहेको देवदह तालकाे संरक्षण र प्रवर्द्धनमा स्थानीय

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा रहेको देवदह ताल तरगौली ऐतिहासिक र पुरातात्विक महत्वको स्थल मानिन्छ।

गौतमबुद्धसँग जोडिएको ऐतिहासिक देवदह ताल तरगौलीमा पुराना ईटा, इनार, भाँडाकुँडा लगायतका सामग्री भेटिएपछि यस स्थलमा पुरातात्विक महत्वका अन्य तथ्य पनि भएको हुन सक्ने अनुमान गरिएको छ।सम्बन्धित निकायले संरक्षण र प्रवर्द्धनमा कुनै चासो नदेखाएपछि स्थानीय आफैं यसको संरक्षणमा लागेका छन।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ तरगौलिमा रहेको धार्मिक तथा ऐतिहासिक देवदह ताल संरक्षणको प्रखाईमा छ ।

तरगौलीमा रहेको देवदह तालको संरक्षण,पहिचान,अनुसन्धान गरी असल योजना बनाउने र कुशल व्यवस्थापन गर्न सकेमा यस ठाउँको महत्व एवं सामाजिक,आर्थिकस्तरलाई माथि उठाउन यस क्षेत्रका बुद्धस्थललाई समेटेर एकीकृत विकास गरिनुपर्ने स्थानीय खुमाकान्त न्यापानेले बताए।

देवदह तालको आवश्यक प्रचारप्रसार तथा विकासका लागि ऐतिहासिक देवदह ताल संरक्षण एवं पुनःनिर्माण समाज नामक संस्था स्थापना गरी वि.सं २०६४ देखि संरक्षण थालिएता पनि धार्मिक तथा पुरातात्विक महत्व दर्शाउने गरी प्रचारप्रसार तथा व्यवस्थित योजना बनाउने कार्यमा प्रभावकारिता आउन नसकेको  ऐतिहासिक देवदह ताल संरक्षण एवं पुनःनिर्माण समाजका अध्यक्ष  टेकबहादुर अध्यक्ष बताए।

तालको वरिपरि १२ बिघा क्षेत्रफल भएको ऐतिहासिक भूमिलाई आवश्यकता र महत्वको आधारमा गुरुयोजना बनाई कार्यान्वयन गर्न लागिएको सुनवल नगरपालिकाले पहल थालेको सुनवल-७ का वडाध्यक्ष नारायणप्रसाद आचार्य बताउछन। चालू आवमा प्रदेश सरकाले पनि चासो दिएकाले तालको एकीकृत विकास र पर्यटन प्रवद्र्धनका सौन्दर्याकरण गरिने वडा अध्यक्ष आचार्यले बताए।

२५१० वर्ष पहिलाको बुदस्य जीवन वृत्तान्तम नामक ग्रन्थमा उल्लेख भए अनुसार देवदह ताल तरगौलीमा कोलिय गणराज्यभित्र पर्ने मायादेवी (भगवान् गौतमबुद्धकी आमा)ले स्नान गरेको तथा सो क्षेत्रमा मायादेवीकी माइली बैनी साम्यमाईको परिवार बसोवास गर्ने सुन्दर राजमहल रहेको बुदस्य जीवनमा वृत्तान्त नामक ग्रन्थमा उल्लेख भएको पाइन्छ।यस स्थानमा बुद्दले तालको पूर्वपट्टिको पाकडी रुखमुनि सात दिनसम्म तपस्या गरेका हुन् भन्ने किम्बदन्ती पाइन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?