
सुनवल।पश्चिम नवलपरासीमा प्रहरीले लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । जिल्लाको पाल्हिनन्दन गाउँपालिका-३ बेलासपुरमा प्रहरीले शंका लागेर जाँच गर्दा लागूऔषधसहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराका अनुसार पक्राउ पर्नेमा रामग्राम नगरपालिका-१२ का पुरस्कार थारू, पाल्हिनन्दन-४ का प्रमोदकुमार कसौधन, पाल्हिनन्दन-२ का अनुपकुमार गौतम, पाल्हिनन्दन-५ का राजकुमार जयसवाल, पाल्हिनन्दन-६ का धिरज अग्रहरी छन्।
प्रहरीले रामग्राम पंचागावा र भारतबाट नेपाल आउदै गरेका युवालाई बेलासपुरमा चेकजाँच गर्दा लुकाई राखेको उक्त पदार्थसहित फेला पारेका थियो।पक्राउ परेकाको साथबाट खैरो हेरोइनजस्तो देखिने धूलो पदार्थ ४ पुरिया, रातो खैरो देखिने धूलो पदार्थ, डाईजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल, बुप्रिनुफिन ५० एम्पुल बरामद भएको छ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।पक्राउ परेकाहरुमाथि अदालतबाट म्याद थप गरि अनुसंधान र सोधपुछ जारी रहेको बोहोराले बताए।