
सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका -४ मा रहेको सुनवल सत्मार्ग बहुआयामिक समाजको दोस्रो साधारणसभा तथा श्रीकृष्ण सुनवल सत्मार्ग बहुआयामिक धार्मिक वन उपभोक्ता समूहको प्रथम साधारणसभा एवं प्रथम अधिवेशन सम्पन्न भएको छ।
कार्यक्रम समाजका अध्यक्ष भिमबहादुर थापाको अध्यक्षता र पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य बस्नेतले पछिल्ला वर्षमा सुनवलमा सातवटा महायज्ञ भएपनि सत्मार्गले मात्र भक्तजनबाट उठेको रकम पारदर्शी र सदुपयोग हुनेगरी उपयोग गर्न लागिपरेको बताए। धर्मका नाममा उठेको रकम दुरुपयोग नगर्न सचेत गराए।
प्रमुख अतिथि बस्नेतले गत वर्ष सत्मार्गका लागि प्रदेशबाट विनियोजित ५० लाख रुपैयाँ फ्रिज भएकोमा दुःख व्यक्त गर्दै यस वर्ष छुट्याएको १० लाख रुपैयाँ छिटो खर्च गर्न आग्रह गरे। काममा तिव्रता आए आगामी वर्ष बजेट ५० लाखसम्म पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरे।
संस्थाका सचिव मुरली गौतमको सञ्चालनमा सम्पन्न सभामा सुनवल वडा ४ का अध्यक्ष बालकृष्ण पंगेनी,सल्लाहकार बिष्णु पौडेल, सल्लाहकार उमनाथ पोखरेल, डिभिजन वन कार्यालय परासीका मणि ज्ञवाली, मुलपानी सामुदायिक वनका अध्यक्ष यज्ञप्रसाद पाण्डेसहितले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
यसै अवसरमा सम्पन्न अधिवेशनबाट बालकृष्ण पौडेलको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति चयन गरिएको छ।त्यसैगरी वरिष्ठ उपाध्यक्षमा डिल्लीराम ढकाल,उपाध्यक्षमा जोतिन्द्र बहादुर कुँवर,सचिवमा ताराबहादुर बलाल र कोषाध्यक्षमा कुन्ता तिवारी र सहसचिव इन्द्र प्रसाद सुवेदी शर्मा चयन भएका छन।
साथ सदस्यहरूमा क्रमशः रेशमलाल उपाध्याय, टेकप्रसाद न्यौपाने, नारायणप्रसाद सापकोटा, इन्द्र पाण्डेय, कृष्णप्रसाद शर्मा (सत्कार), कविता खड्का, विनोद पौडेल, गिता भुषाल बबि, विष्णुप्रसाद पौडेल, चमेली राइमाझि, छबिलाल भट्टराई, गोविन्दप्रसाद तिवारी, नरेन्द्रबहादुर खत्री चयन भए।
यस्तै विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति गठन गरिएको छ, जसमा रामप्रसाद पोखरेल र महेन्द्रकुमार श्रेष्ठ सदस्य रहेका छन्।











